काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता नलागिरहेका बेला यस बिषयमा शिर्षस्थ नेताहरु मुख खोल्न थालेका छन् । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्ब प्रधामन्त्री डा. बाबुराम भट्टराईले निर्मला पन्तको बलात्कारपछि हत्यामा “माथि” को संलग्नता रहेको बताएका छन्।
नेता भट्टराईले ट्विटरमार्फत निर्मलाको बलात्कारपछि हत्या गरेर सबै सबुतप्रमाणहरु मेटाउनेलाई समातेर केरकार गर्दा अपराधी सजिलै पत्ता लाग्ने होइन र भन्दै प्रश्न गरेका छन ।
उनको ट्विटरमा लेखिएको छ, ‘निर्मला पन्त बलात्कार–हत्याको सबुतप्रमाण मेटाउने कार्यमा संलग्नलाई समातेर गम्भीरतापूर्वक केरकार गर्दा अपराधि सजिलै पत्तालाग्नु पर्ने हैन ? त्यति पनि किन हुन सकिरहेको छैन ? यसबाट त ‘माथि’ को संलग्नता प्रष्टै देखियो नि’, राजनितीक नेतृत्वले अब जिम्मेवारी लिनुपर्ने वेला भएन ? दबाब जारी राखौं।’
घटनामा प्रहरीबाट गीम्भर लापरवाही भएको तथ्य बाहिर आइसकेको भएपनि सरकारले हत्यारा खोज्नमा ढिलाई गरिरहेको भन्दै गृहप्रसाशन र सरकारको चर्को आलोचना भइरहेको छ ।
केहि दिन अघि सरकारद्धारा गठित उच्चस्तरिय छानविन समितिले घटनाको प्रतिवेदन सार्बजनिक गरिसकेको छ । यद्यपी हत्याराबारे समितिले कुनै सुइको समेत नदिदा पीडितको न्याय पाउने आस मर्दै गइरहेको छ भने सर्बसाधारणमा प्रहरी प्रशासन र सरकारप्रतीको आक्रोस बढ्दो छ ।