धनुषामा फेरी बम भेटिएको आशंका, सेनाको बम डिस्पोजल टोलीले निष्कृय पार्दै

धनुषा । धनुषामा फेरी बम भेटिएको आशंका गरिएको छ । बम विस्फोटबाट प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको दुई दिन नबित्दै धनुषामा पुनः शंकास्पद वस्तु फेला परेको छ ।

धनुषा सदरमुकामसमेत रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको हो ।

प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शंकास्पद वस्तु राखिएको संकटमोचन मन्दिरनजिकै अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरिरहेको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । फेरी शंकास्पद बस्तु भेटिएपछि स्थानीय भने त्रसित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार