अछाम । एक युवकले चिर्पटले हानेर आफ्नै ठुला बुवा र ससुराको हत्या गरेका छन् । मंगलबार राती दुबै जनाको एकैपटक हत्या गर्ने युवा अछामका हुन् ।
अछामको मंगलसेन नगरपालिका–१ कुन्तिवण्डालीको ढुंगानी गाउँका २७ वर्षीय प्रेम कुमार साउदले उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रेमले उनीहरु सुतिरहेका बेला राति १ बजेतिर ठूलो बुबा ७२ वर्षीय देउसिंह साउद र ५५ वर्षीय ससुरा बिरभान साउदको हत्या गरेको बताइएको छ । राति पाहुना आएका ससुराले ठुलो बुलाई बचाउन खोज्दा उनको पनि ज्यान गएको हो । ठुलो बुवा र ससुरासँगै सुतेका थिए ।
प्रेम भने हत्या गरेर राति नै भागेका छन् । हत्याको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ ।










