प्रधानमन्त्रीलाई हिंडडुल गराउन थालियो,स्वास्थ्यमा अपेक्षाकृत सुधार


काठमाडौँ । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । ओलीको स्वास्थ्यमा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेकाले उनलाई हिँडडुल पनि गराउन थालिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमसिंह खड्गाले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

“उहाको स्वास्थ्य अवस्था अपक्षाकृत क्रिमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडुल गाराउन थालिएको छ । साथै ठोस आहार दिन थालिएको छ”, जारी विज्ञप्तीमा उल्लेख ।

विज्ञप्ती अनुसार ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य पनि क्रमिक सुधार भइरहेको छ ।

अस्पतालका अनुसार एकसाताभित्रै प्रधानमन्त्री ओलीलाई डिस्र्चाज गरिनेछ ।
आजै बिहान आफ्ना सल्लाहकार बिष्णु रिमालसंगको छोटो भेटघाटमा उनले आफु चांडै काममा फर्किने सन्देश सबैलाई सुनाइदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले १२ बर्षअघि पहिलो पटक भारतको ओपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गरेका थिए। यो दोस्रो गरेको प्रत्यारोपण लगाएर अब उनको शरिरमा चारवटा मिर्गौला भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितीबारे अस्पतालले तेस्रो दित जारि गरेको विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार