सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजिपी खनालबिरुद्ध मानवअधिकार आयोगमा अपहरणको उजुरी दर्ता


काठमाडौं । सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानवअधिकार आयोग पुगेर अपहरणको उजुरी दर्ता गराएका छन् ।
आफुलाई सत्तारूढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनिहरुविरूद्ध बिहीबार सांसद यादवले आयोगमा उजुरी दर्ता गराएका हुन ।

“सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ, सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ, सांसद यादवले दिएको निवेदनमा उल्लेख । ”

आफ्ना सांसदको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) का हिसिला यमी, कृष्ण शर्मा, रोसन पोखरेल, आङ्काजी सेर्पा, दलमर्दन कामी लगायतका नेताहरु ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालय पुगेका थिए ।

सांसद यादवले दिएको अपहरणको उजुरी उपर आवश्यक छानविन गरी सरकार र सम्बन्धित निकायलाई सिफारिस गर्ने आयोगबाट आश्वासन पाइएको जसपाको केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश अध्यक्ष दलमर्दन कामीले बताए ।

सांसद यादवले आयोगमा दिएको उजुरीको दर्ता १७८० रहेको छ ।

सांसद यादवलाई वैशाख १० गते काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले काठमाडौं ल्याएर एक होटलमा राखेका थिए ।

त्यसपछि आफु अपहरणमा परेको भन्दै सांसद यादवले टेकु प्रहरीमा उजुरी दिदा उजुरी दर्ता भएको थिएन । त्यसपछि सरकारी वकिलको कार्यालयमा पनि  निवेदन दिदां दर्ता नभएपछि उनि आयोग गुर्हान पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार