सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसना रहेका एक जनामो मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेका छन् ।

मंगलबार भारतको महाराष्ट्रबाट आएका उनलाई सोही दिन साँझ अस्पतालमा भर्ना गरिएका थिए । अस्पतालको आइसोलेसनमा रहेका उनको बुधबार बिहान मृत्यु भएको छ ।

भारतबाट आएर स्वास्थ्यमा समस्यका भएकै कारण अस्पताल भर्ना गरिएको बताइएको छ । उनको मृत्युको कारण भने थाहा भएको छैन् । कोरोनाको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार