बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना पुष्टि


काठमाडौं । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । हेटौंडामा रहेको किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा सोमबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कोरोना देखिएपछि उनको सम्पर्कमा  आएका व्यक्तिको पनि खोजी भइरहेको बताइएको छ ।

उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी  गरी परीक्षण गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार