कतार उड्नु अघि विपिनको रिहाइबारे परराष्ट्रमन्त्री साउदले गरे इजरायली अधिकारीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको रिहाइका लागि इजरायली अधिकारीसँग महत्वपुर्ण संवाद गरेका छन् । मन्त्री साउदले आज इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोनमा महत्वपुर्ण संवाद गर्दै विपिनको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका हुन् ।

मन्त्री साउदसंगका्े टेलिफोन संवादमा हिर्शले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएको मन्त्री साउदको सचिवलायले जनाएको छ ।

‘हिर्शले प्यालेस्टाइनी–हमास युद्धविरामको समयमा पनि विपिनको रिहाईबारे कोशिस गरिएको र अहिले पनि निरन्तरता कोशिस जारि रहेको मन्त्री साउदसँगको टेलिफोन संवादका भनेका छन् ।

यसअघि मंसिर ८ गते पनि मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग आफ्नै मन्त्रालयमा भएको भेटमा पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

परराष्ट्रमन्त्री साउद भोली शनिवार ‘दोहा २१ औं फोरम’ मा सहभागी कतार जाँदैछन् । कतार भ्रमणका क्रममा उनले जोशीको रिहाइको पनि पहल गर्ने उनको सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुस

प्रधानमन्त्री प्रचण्डले विपिनका परिवार भेटेर भनेः रिहाइका लागि अधिकतम पहल जारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार