
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार र स्थानिय तहले विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने उदेश्यले उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको हो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन बिहान सडकहरु सुनसान देखिए । मानिसहरु सडकमा खासै देखिएनन् भने मुख्य चोकहरुमा सुरक्षाकर्मी खटिएका छन् । सडकमा कोहि देखिहाले सुरक्षाकर्मीले सोधपुछ गर्ने गरेको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर निस्केकालाई शनिवार बिहान पनि प्रहरीले नियन्त्रणमा लिने थालको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको पहिलो दिनमै घरबाहिर सडकमा आएका हजार बढी मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि करिब चार महिना गरिएको लकडाउन खुलेपछि मानिसहरुले कोरोनाबाट बच्ने उपाय ब्यवहारमा लागु नगर्दा संक्रमितहरुको संख्या बढेको सरकारको मुल्याङ्कन छ भने विज्ञहरुले समेत लापरवाहीका कारण संक्रमितहरु बढिरहेको बताईरहेका छन् ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।

फोटो: रमा खड्का














