विश्वभर को रोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो


काठमाडौं । को रोना सं क्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार ज्यान गुमाउनेको संख्या ८ लाख ८ हजार ६ सय ८१ पुगेको छ ।

को रोनबाट सबै भन्दा धेरै अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या उच्च छ। प्रत्येक एक घण्टामा दुई सय ४६ जना र प्रत्येक १५ सेकेन्डमा एक व्यक्तिले को रोनबाट ज्यान गुमाइरहेका छन् ।  अमेरिकामा मात्रै को रोना सं क्रमणबाट १ लाख ८० हजार १ सय ७४ जनाले ज्यान गुमाएका छन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक भारतमा ५६ हजारको ज्यान गएको छ । भारत अमेरिका र ब्राजिलपछि सबैभन्दा प्रभावित देश हो। भारतमा २८ लाखभन्दा बढी मानिस सं क्रमित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार