डोटीमा बाख्राको काचो मासु खाँदा १५ जना बिरामी,

डोटी । जिडोटीमा बाख्राको काचो मासु खाँदा एकै गाउँका १५ जना विरामी परेका छन् । डोटीको आदर्श गाउँपालिका–१ भेलगडामा शनिबार बाख्रा काटेर खाएको मासुले सोहि गाउँका १५ जना बिरामी परेका हुन् ।

विरामी पर्नेमा दुई वर्षीया बालक देखि ४० वर्ष सम्मका स्थानीय रहेका छन् । विरामी परेका मध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाकी तिन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

अस्तालका अनुसार विरामी मध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई सुधार भइरहेको छ । बाख्राको मासुले गाउँले किन विरामी परे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार