भरतपुरको कोरोना अस्पतालमा एक विरामीको मृत्यु

चितवन । भरतपुर अस्पतालको आइसीयूमा उपचार गर्न लागिएका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम ५ का ४८ वर्षीया एक पुरुष रहेका छन् ।

उनको गएराति ३ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गएराति १२ बजे बुटवलको लुम्बिनी सिटीबाट रिफर भएर आएका उनको उपचारका लागि तयार गरिएको आईसीयूमै मृत्यु भएको छ ।

अस्पताल ल्याउँदा नै उनको अवस्था सिरियस भएकाले बचाउन गाह्रो भएको अस्पतालले जनाएको छ । उनको निमोनियाको समस्या देखिएकाले मृत्युको कारण पनि त्यहि हुनसक्ने अुनमान गरिएको छ ।

कोरोना परीक्षण नगरिएकाले मृत्यु भइसकेपछि मात्रै कोरोना परीक्षणका लागि स्वाब निकाल्ने तयारी भयरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार