प्रसूति गृहका तीन आवासीय चिकित्सकसहित ८ जनमा कोरोना पुष्टि


काठमाठौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेका छन् ।

अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई भने संक्रमण देखिएको छैन् । अस्पतालमा सुरक्षा सतर्कता अपनाएर नियमित सेवा सुचारु भइरहेको अस्पतालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार