
जनकपुर । कोरोना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट पुरूष रहेका छन् । उनकाे भदौ १० गते मृत्यु भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि जिल्लामै उपचार गराई रहेका उनको थप उपचारका लागि काठमाडौं ल्याउदै गर्दा सिन्धुलीमा मृत्यु भएको थियो ।
उनेको मृत्यु भएपछि स्वाब संकलन गरी पुन परीक्षणका लागि पठाइएको थियो । उनको रिर्पोट पोजिटिभ आएको बताइएको छ । उनी महोत्तरीमै क्लिनिक चालाएर बसेका थिए ।














