प्रहरी नै बलात्कारको आरोपमा पक्राउ

नवलपरासी । समाजमा शान्ती सुरक्षा दिने जिम्मेवारी पाएको प्रहरी नै जब जघन्य अपराधमा संलग्न हुन्छ भने जनताले सुरक्षा कसबाट पाउने ? प्रहरी नै अपराधमा मुछिएपछि जनमानसमा यस्तै प्रश्नहरु उठ्ने गर्छन् ।

जघन्य अपराध मानिएको बलात्कारको घटनामा नवलपरासीका दुई प्रहरी जवानहरु मुछिएका छन् । बैशाख १ गते घाँस काट्न जंगल गएका दुई स्थानिय किशोरीहरूलाई दुईजना प्रहरी जवानहरूले बलात्कार गरेको घटना बाहिरिएको छ ।

नवलपरासीको दंगा नियन्त्रण गण सुनवलमा कार्यरत २५ वर्षीय प्रेम खड्का र २३ वर्षीय पाटेश्वर यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय नवलपारसीमा राखिएको प्रहरीले जनाएको छ । खड्काको डडेल्धुराको मास्माण्डु गाउँपालिका ८ र यादवको दाङको गडवा गाउँपालिका ४ घर भएको नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

एक महिनापछि मात्रै पीडित युवतीहरूले आफुमाथि बलात्कार भएको उजुरी दिएपछि प्रहरी जवान खड्का र यादवलाई पक्राउ गरिएको थियो।
डिएसपी थापाका अनुसार बलात्कारको आरोप लागेका प्रहरी जवानहरूलाई निलम्बन गरी थप कारवाही प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार