निर्मला हत्याबारे डा. केसीले भने, ‘अपराधी राजनितीक नेतृत्व नै हो, (भिडियोसहित)

कैलाली । प्रा. डा. गोविन्द केसीले निर्मला पन्तको हत्याका प्रमाणहरु नष्टगर्ने बिरुद्ध फौजदारी अपराध अन्तर्गत मुद्दा लगाउनु पर्ने दोहोर्याएका छन ।

घटनाको अनुसंन्धानका क्रममा सबै प्रमाण नष्ट गर्नेलाई बर्खास्त मात्रै नभई उनिहरु बिरुद्ध फौजदारी मुद्धा चलाए मात्रै दोसी पत्ता लाग्ने डा. केसीले दाबी गरे ।

धनगढीमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै डा.केसीले भने, “प्रमाण नष्ट गर्ने बिरुद्ध फौजदारी मुद्धा लगाउँ त ! तिनीहरु नै भन्नेछन, बलात्कारी, हत्यारा कोहो भनेर, बर्खास्त मात्रै गरेर पुग्दैन मद्धा चलाउनु पर्छ ।”

निर्मलाको हत्यारा अहिलेसम्म पत्ता नलाग्नु लाजको बिषय भएको भन्दै डा. केसीले निर्मलाको हत्यारा सरकारले नै लुकाएको आरोप समेत लगाए ।

“अपराधी राजनितीक नेतृत्व नै हो उनले भने, निर्मलाको ठाँउमा एकपल्ट आफ्ना छोरीहरु, नातिनीहरु राखेर हेरौ त ? अनि थाहा हुन्छ । यो घटना तीन करोड नेपालीको लागि लज्जाजनक कुरा हो ।”

सुदूरपश्चिमको स्वास्थ्य अवस्थाबारे बुझ्न भ्रमणमा निस्केका डा. केसी निर्मलाको न्यायका लागि कंचनपुरमा जारि धर्नामा एक्यबद्धता जनाएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको स्वास्थ्य अवस्था बुझन त्यसतर्फ गएका थिए ।

सुदूरपश्चिम आउनुअघि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै निर्मलाको न्यायको लागि आफु आमरण अनसन बस्ने बताएका थिए ।
आगामी पुस २ गतेसम्म निर्मलाको हत्यारा पक्राउ नपरे र सरकारले आफूसँग गरेको सम्झौता पुरा नभए पुन: अनसनमा बस्ने सरकारालाई अल्टिमेटम दिइसकेको थिए ।

सुदूरपश्चिमको भ्रमण गरिसकेपछि डा. केसीले सुदूरपश्चिमका पहाडी जिल्लालाई मध्यनजर गर्दै मेडिकल कलेज स्थापना गर्न पनि माग गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बस्ने सर्बसाधारणहरुको स्वास्थ्य अवस्था नाजुक रहेकाले डोटी वा डडेल्धुरामा मेडिकल कलेज स्थापना हुन सके बझाङ, दार्चुला, अछाम र बैतडीका बासिन्दालाई निकै सहज हुने उनले बताए । त्यसका लागि आफुले पहल गर्ने समेत उनले बताएका छन ।

भिडियो हेर्नुहोस

Dr. Govind KC speech about Nirmala Pant

डाक्टर गोविन्द केसीले भने, प्रमाण नष्ट गर्नेमाथी मुद्धा चलाउ निर्मलाको हत्यारा आफै पत्ता लाग्छ ।

Gepostet von Doteli Online TV am Sonntag, 2. Dezember 2018

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार