भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित


काठमाडौं । वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कोठामा ताल्चा लगाएका छन् ।

आन्दोलित चिकित्सक, नर्स र अन्य कर्मचारीहरुले कोठामा ताला लगाइदिएपछि न्याम्सका पदाधिकारीहरु कोठामै थुनिएका छन् ।

१५ दिन अघि कोभिड– १९ संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा पत्र दिएको भएको भएपनि कुनै वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरेको उनीहरुको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार