आलुको बोक्रा फाल्दै हुनुहुन्छ, थाहा पाइराख्नुहोस् यसका फाइदा


काठमाडौं । आलुलाई तरकारीको राजा भनिन्छ । धेरैले आलुको परिवार नबनाएपनि प्रत्येक छाकमा तरकारीको रुपमा खाने गर्दछन् । आलु जुनसुकै तरकारीमा पनि मिसाएर पकाइने भएकाले यसलाई तरकारीको राजा भनिएको हो ।

जाँगर चलाउनेहरुले तरकारी मात्रै होइन आलुका हरेक परिकार बनाएर खाने गर्दछन् । आलुलाई उसिनेर, फ्राई गरेर, अचार बनाए वा दाल बनाए पनि खाँदा हुन्छ । तरकारीमा त आलु अनिवार्य जस्तै हुन्छ ।

तर, सबैले आलुको परिकार वा तरकारीको रुपमा पकाउँदा बोक्रा ताछेर फ्याक्ने गरिन्छ । र बोक्रा फालेर नै खाने गरिन्छ । धेरैले आलुको ब्रोकाले स्वाद विग्राने पनि भन्ने गरेका छन् ।

आलुको बोक्रा आफैमा पोषणले भरिपूर्ण हुन्छ । यसमा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स पाइने बताइन्छ । जसै हामी आलुको बोक्रा ताछेर फ्यक्छौं, त्यससँगै यी पोषण तत्वहरु पनि नष्ट भइरहेका हुन्छन् । यससँगै हामीले आलुको बोक्रामा रहेको फाइबर र प्रोटिन पनि नष्ट गरिरहेका हुन्छौं ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स हुन्छ । साथसाथै आलुमा आइरन पनि हुन्छ । यही कारण शरीरमा आवश्यक कतिपय पोषक आलुको बोक्राले पूर्ति गर्छ । त्यसो त शरीरका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै फाइदाजनक छ ।

आलुमा पर्याप्त मात्रामा पोटेशियम पाइन्छ । साथै यो भिटामिन सिको पनि राम्रो स्रोत हो । यी दुबैले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । आइरनको कमी हुने व्यक्तिका लागि पनि आलु फाइदा जनक हुन्छ ।

आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्लेक्स हुन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । भिटामिन बिले शरीरलाई तागत मिल्छ । साथै यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ । यसमा फाइबर अधिक हुने भएकाले कब्जियतबाट पनि बचाउँछ । कपालको सौदर्य पनि आलुको बोक्राले बढाउने काम गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार