
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका तिनवटै जिल्लामा गरिएको परीक्षणमा थप २ हजार ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।
सबै भन्दा बढी काठमाडौंमा १ हजा ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।














