
कंचनपुर । कंचनपुरमा सशस्त्र प्रहरीमाथि हातपात गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतिय तस्कर समूहका अर्जुन कुमार रहेका छन् ।
उनलाई भारतीय प्रहरीले पक्राउ गरेर आवश्यक कारवाही प्रकृया अघि बढाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संचारकर्मीहरुलाइ बताएका छन् । महाकालीपारी रहेको दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा भारतीय तस्करहरुको समुहले हिजो साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।
गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गरी आक्रमण गर्दा सीमा सुरक्षा पोष्टमा कार्यरत सुदीप सुनारसहित सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।
घाइते जवानको स्थानिय स्वास्थ्यचौकीमा उपचार भइरहेको । उनिहरुको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीले जनाएको छ । गणका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले गस्तीमा रहेको सशस्त्रको टालीमाथि राती साढे दश बजेतीर ढुङ्गामुढा प्रहार गरेका थिए ।










