
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् । संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै जबरा निलम्बित भएका हुन् ।
संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न नपाउने व्यवस्था छ । सोही अनुसार अब जबराले कुनै पनि काम गर्न पाउने छैनन् ।
उनकाविरुद्ध सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले महाअभियोग दर्ता गराएका छन् ।
उनीहरुले २१ वटा बुँदा महाअभियोग लगाउनुका आधार र कारण उल्लेख गरेका छन् ।









