
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्र संखुवासभाको तुम्लिङ्टार पुगेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रचण्ड आज दिउँसो तुम्लिङटार पुगेका हुन् । हिजो परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु हुनका साथै १८ जनाभन्दा बढी बेपत्ता भएको खबर आएपछि प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।
उनले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जानकारी लिनका साथै उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा तिर्बता दिन निर्देशन समेत दिएका छन् ।
उनले तत्कालै प्रभावित क्षेत्रमा सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि पनि व्यवस्था मिलाउन सरकार तदारुकताका साथ काम गर्ने पनि बताए ।












