
काठमाडौं । काठमाडौंका ३ जना सहित पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको स्रख्या २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ८२, ६७, २२ र चितवनका ३५ वर्षीया महिला रहेका छन् । त्यस्तै पुरुषमा सप्तरीका ५५, ५५ वर्षीया दुई जना, धनुषाका ६५ वर्षीया, कास्कीका ३१ वर्षीया, नवलपरासीका ३७ वर्षीया, प्युठानका ५८ वर्षीया, रुपन्देहीका ७८ वर्षीया, पाल्पाका ६३ वर्षीया र सुर्खेतका ४२ वर्षीया रहेका छन् ।













