
काठमाडौं । सुन तस्करीमासंलग्न रहेको भन्दै एकजना कलेज सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको छ ।
काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई सीआईबीको टोलीले सुन तस्करीमा संलग्न रहेको भन्दै पक्राउ हो । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएकोछ।
सीआईबीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरेको जनाएकोछ । मंसिर २१ गते फ्लाई दुबईबाट चन्द्र घलेको ल्गाएको १४ किलो सुन तस्करीको मुख्य योजनाकार गुरुङ रहेको प्रहरीको दावी छ । उक्त प्रकरणमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेपछि गुरुङलाईपक्राउ पुर्जी जारीगरिएको थियो । पक्राउ पुर्जी जारी भएकोथाहा पाएपछि उनि फरार थिए।
पक्राउ परेका गुरुङलाई आजै विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी रहेको सीआईबी स्रोतले जनाएको छ । गुरुङसहितको सुन तस्करहरुको गिरोहले सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा विमानस्थल बाहिर ल्याउने गरेको प्रहरी अनुसंन्धानमा खुलेको थियो।











