
नुवाकोट । नुवाकोटको त्रिशूली बाढी प्रभावितहरुलाई राहात वितरण गरिएको छ । नुकाकोटको बिदुर ९मा बाढी प्रभावित दुई सय परिवारहरुलाई अल नुर फाउण्डेसनको समन्वयमा एपीसी एसियन प्रोजेक्ट कम्पनीले लाखौको राहात सामाग्री वितरण गरेको हो ।
हङकङमा बसेर पनि नेपालका विभिन्न ठाउँमा विपदमा परेका ब्यक्तीहरुलाई सहयोग गर्दै आएका इन्जिनियर दीपक गुरुङको अग्रसरतामा दश लाख बढिका सिरक डस्ना, बल्याङ्केट, टावल, ग्यांस चुलो लगायतका राहात सामाग्रीहरु बाढी प्रभावितहरुलाई वितरण गरिएको छ ।

राहात सामाग्री सहयोग गर्नेहरुमा एपीसी एसियन प्रोजेक्ट कम्पनीका डिरेक्टर समेत रहेका दीपक अध्यक्षसहित प्रकाश गुरुङ, रवी गुरुङ, कमल गुरुङ, जगत बहादुर सेन ठकुरी, यम बहादुर गुरुङ, हेमराज गुरुङ, क्रिदेश गुरुङ, लाल बहादुर आले, यिउ कोङ चुन, चेन सिउग्वाङ, कुल प्रसाद लिम्बु, रमेश भुजेल, गुप्तामान गुरुङ, प्रण कुमार गुरुङ, मोहनिश गुरुङ, चोइ सुएट युई, चान का यिन, ली विङ हङ, थगा राज खापुङ, ली झिसियान, ताङ का हो, केशव चन्द्र गुरुङ, हरि प्रसाद गुरुङ, तिथराज गुरु, राजु गुरुङ, शेर बहादुर गुरुङ रहेका छन् ।
नुवाकोटको बिदुर ९मा वितरण गरिएको राहातमा अधिंकास पहिलो पटक राहात पाउनेहरु थिए । बाढीले उनिहरुको जमिन बगाएको, नदी किनारका टनेलहरु बगाएको, घरमा क्षती गरेको थियो ।

कम्पनीका डिरेक्टर गुरुङले कोरोनाकालमा पनि हङकङबाट करिब १५ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका थिए ।
बाढी प्रभावितहरुलाई राहात संकलन र वितरणका लागि अल नुर फाउण्डेसन काठमाडौंले समन्वयन गरेको थियो ।
बिदुर ९मा राहात बुझ्न आउनेहरु स्थानिय सरकारले बाढी प्रभावित भन्दै रातो, पहेंलो कार्ड दिएका पीडित परिवारहरु थिए । बाढी प्रभावितहरुलाई बस्ने घर र खाना पकाउने ग्यांस सिलिण्डर, चुलो, भाँडाकुडा लगाएतका सामाग्रीहरु अझै आवश्यक रहेकाले त्यसका लागि आफुले पहल गरिरहेको फाउण्डेसनका अध्यक्ष एवम् समाजसेवी नुर महोम्मद मियाँले बताए ।

फाउण्डेसनको पहल र समन्वयनमा अहिलेसम्म बाढी प्रभावित करिब एक हजार परिवारलाई राहात वितरण गरिसकिएको अध्यक्ष मियाँले जानकारी दिए । फाउण्डेसनले रसुवा र नुवाकोटका बाढी प्रभावितहरुका लागि आवश्यक राहात सामाग्री संकलन र वितरणमा समन्वयन गर्दै आएको छ ।















