सांसद सुनारले भनेः आइजिपीले प्रहरीको जुत्ता, मोजा खाएको छ, बर्खास्त गरेर अनुसंन्धान होस

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीलाई बर्खास्त गर्न फेरि आवाज उठाएका छन् । आज बसेको संसद बैठकमा बोल्दै उनले तत्काल आइजिपी कार्कीलाई बर्खास्त गरि उनिमाथि भ्रष्टाचारबारे गम्भिर छानविन सर्ग सरकारको ध्यानार्कषण गरेका छन् ।

“तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ । करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ, यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइ राखिएको छ, यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, सांसद सुनारले भने ।

आइजिपी कार्कीविरुद्ध भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको सार्वजनिक लेखा समितिमा आरोपका उजुरीहरू चाङ थपिदै गएको दाबी समेत गरेका छन् । यसअघि यो बिषय समितिको बैठकमा उठ्दा आइजिपी कार्की र सांसद सुनारबीच भनाभन भएको थियो । आइपिजीमाथि उठेको प्रश्नको गृहमन्त्रीले बचाउ गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार