आशिकाको सरकारलाई प्रश्नः भोकभोकै बस्नलाई जनताले रास्वपालाई दुई तिहाइ दिएको हो ?

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले ग्यास अभावबारे संसदमा सरकारकै आलोचना गरेकी छन् । सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।
भोकभोकै बस्नलाई जनताले रास्वपालाई दुई तिहाइ दिएको हो भन्दै कडा प्रश्न समेत गरेकी छन् ।
“पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर मलाई दिनकै फोन आउँछ। यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र रु के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त रु’ पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न जनताले दुई तिहाइको मत दिएर पठाएको हो ?,” उनले प्रश्न गरिन्।
साँच्चिकै ग्यांस छैन् भने सरकारले आजै जनतालाई दाउरामा खाना पकाउ भनेर भन्नु पर्ने उनले बताइन् ।
“यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो। होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ”, उनले भनिन् ।
ग्यासकै अभाव पुर्ति गर्न नसक्दा हिजो मात्रै मन्त्री गौरी यादवले राजीना दिइ न भने नयाँ मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार