चोलेन्द्रको पक्राउप्रति कांग्रेसको गम्भीर आपत्ति, राज्यशक्तिको दुरुपयोग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति कांग्रेसले आपत्ति जनाएको छ। प्रमुख प्रतिपक्षी दल समेत रहेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै राणाको गिरफ्तारीप्रति कांग्रेसले आपत्ति जनाएको हो ।
कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति काँग्रेसले चिन्ता व्यक्त समेत गरेको छ ।

पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीको विषयलाई लिएर सरकारी अधिकारीहरूबाटै सार्वजनिक भइरहेका परस्पर विरोधी भनाइहरूलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता चालिसेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“सरकारी अधिकारीहरूबाटै आइरहेका विरोधाभासपूर्ण अभिव्यक्तिहरूले यो गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि नै प्रश्न उठाएका छन्। यदि गिरफ्तारी कानुनसम्मत र आवश्यक थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नु पर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले अपराध अनुसन्धान र कानुन कार्यान्वयनको प्रक्रियामा आफू बाधक नभएको स्पष्ट पारेको छ। तर, कानुन कार्यान्वयनको आडमा देखाइएको अस्पष्ट र अन्योलपूर्ण प्रक्रियालाई कांग्रेसले अस्वीकार गरेको छ।

“गिरफ्तारी आफैँमा दोषको प्रमाण होइन। राज्यसँग शक्ति हुन्छ, तर उक्त शक्तिको प्रयोग अत्यन्त पारदर्शी, न्यायोचित र जबाफदेही हुनुपर्दछ”, काँग्रेसको जार विज्ञप्तिमा उल्लेख छ।

जबरालाई गएराती उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अदालतबाट पक्राउ पुर्जीबिनै उनलाई पक्राउ गरिएको भन्दै आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार