सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प

बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ । बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको हो । खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ बजेर १५ मिनेट जाँदा ५।७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, डडेल्धुरा, डोटी, अछाम लगाएका ठाउँमा महसुस गरिएको छ । यसका साथै कर्णाली प्रदेशका केही जिल्लामा पनि धक्का महसुस गरिएको बताइएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त नभए पनि भूकम्पका कारण धेरै मानिस घर छोडेर बाहिर निस्केका थिए । फेरी पनि आउछ कि भन्ने डर भएको स्थानीय बासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार