
काठमाडौं । लोकपृय, चर्चित कलाकार प्रकास सपुतले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम कोष’ मा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
कलाकार सपुतले सोमबार पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषमार्फत दुई लाख रुपैयाँ बराबरको चेक सरकारलाई भन्दै हस्तान्तरण गरेका हुन् ।
कोरोनाको त्रासले आफ्नो घर बागलुङको धम्जा पुगेर ‘होम क्वारेन्टाइन’ मा बसेका कलाकार सपुतले प्रधानमन्त्रीलाई फेसबुकमार्फत एक लामो मार्मिक पत्र समेत लेखेका छन् ।
पत्रमा उनले आफ्नो पारिवारीक अवस्थासंगै समग्र नेपालीका दुख समस्या, बेरोजगारीका कुरा उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै गरिएको सफल मिर्गौला प्रत्यारोपणबारे खुशी ब्यक्त गर्दै प्रधानमन्त्रीलाई बधाई सहित पुर्ण स्वास्थ्य लाभको कामना पनि गरेका छन् । साथै कोरोनाबिरुद्ध सरकारी तयारीको समेत उनले प्रशंसा गरेका छन् ।











