
काठमाडौं । नेपाल प्रहरी प्रमुख महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्रीले प्रहरीले उच्च आचरण र व्यवहारसहित सेवा दिए मात्रै जनताले विश्वास गर्ने बताएका छन् ।
सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।
उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेसागत कर्तव्य पूरा गर्न उनले मातहतलाई निर्देशन समेत दिए । सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित सेवा दिन प्रस्तुत भएमा मात्रै प्रहरीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मक हुन्छ आईजीपी थापाले भने, हामीले छिटोछरितो सेवा प्रवाहमा अग्रसर हुनुपर्छ ।
अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन पेसा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्नेमा उनले जोड पनि दिए ।













