काठमाडौं उपत्यका आउदैहुनुहुन्छ, यस्तो छ नयाँ नियम


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं बाहिर रहेका व्यक्तिहरु विना परीक्षण लुकिछिपि उपत्यका प्रवेश गरेकाले संक्रमितको संख्या बढेको बताइएको छ ।

काठमाडौं उपत्यकामा  भित्रैका भन्दा पनि बाहिरबाट आएकाले संक्रमितको दर बढेको स्थानीय प्रशासनले आंकलन गरेका छन् । उनीहरुले काठमाडौं उपत्यकामा  कोरोना संक्रमण कम गर्नका लागि विषेश पहल चाल्न सरकारलाई अनुरोध समेत गरेका थिए ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिले पनि उपत्यकामा बढेको संक्रमण रोक्न नाकामा कडाइ गर्नु पर्ने माग रोखका थिए ।

सोही अनुसार आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सेन्टर (ससीएमसी) ले अब २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीले पनि उपत्यकामा बाहिरबाट आएका व्यक्तिहरुकै कारण पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या बढेको भन्दै नाका पूर्ण रुपामा बन्द गर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै सीसीएमसीले उपत्यकामा कोरोना समूदायमा फैलिने जोखिम बढेको भन्दै फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि काठमाडौं उपत्यका छिर्ने नाका सिल गरेर भित्रकै संक्रमितको व्यवस्थामा खट्न सबैलाई अनुरोध गरेका थिए ।

यो विषयमा आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार