निर्वाचन तयारीबारे एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई मध्यनजर गर्दै एमालेले स्थायी कमिटी बैठक सकिए लगत्तै भदौ ९ गते पोलिटब्युरो, १० र ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरेको छ।

स्थायी कमिटी बैठकमा पार्टीको घोषणापत्र, चुनावी रणनीति र तयारीलगायतका बिषयमा गम्भिर रुपमा छलफल हुने एमाले सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार