
कंचनपुर । कंचनपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका संघ र प्रदेशका साझा उमेदवार बिना मगर र दिवान विष्ट हातमा हात मिलाएर जनताको दरदैलामा पुगिरहेका छन् ।
निर्वाचन क्षेत्र १ (ख) अन्तर्गत सोमबार बेलौरी नगरपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् ।
“बाम लोकतान्त्रिक गठबन्धन” समेत नाम दिइएको सत्ता गठबन्धनका निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मगर र प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले बेलौरी नगरपालिकामा बृहत घरदैलो कार्यक्रम गर्दै जनतासंग आफुलाई मत हाल्न आग्रह गरेका छन् ।
उम्मेदवारहरुले बेलौरी नगरपालिकाको ३, ४ र ६ वडामा घरदैलो गर्दै मतदाताहरुसंग छलफल समेत गरेका छन्।
घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री मगर र संविधान सभा सदस्य तथा प्रदेश सभा उम्मेदवार विष्टले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेको भनेकाले गठबन्धनका साझा उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिएर जिताउन आग्रह गरे । साथै उनिहरुले कंचनपुरको दक्षिणी क्षेत्रको समग्र विकास र जनताका दुख, पीडा र समस्याहरुको दिगो समाधान गर्ने साझा प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै उम्मेदवार मगरले अघिल्लो निर्वाचनमा यस क्षेत्रका जनताले आफुलाई विश्वास गरेर जिताए अनुसार आफुले पनि बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी, बेलडाँडी गाउँपालिकाको समग्र विकासको ढोका खोलेको बताइन् ।
उनले यसक्षेत्रमा बाँकी रहेका विकास निर्माणका आयोजनाहरु सम्पन्न गर्नका लागि आफुलाई पुनः मसिर ४ गते हँसिया हतौडामा आफ्नो अमुल्य मत हालेर जिताउन आग्रह गरिन् ।
समग्र कंचनपुरको दक्षिणी क्षेत्रको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा अझ बढी जोड दिएर नेपाल र भारतबीच सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने योजना रहेको उम्मेदवार मगर बताइन् ।













