आफ्नै कार्यकर्तालाई अश्लिल म्यासेज पठाउने माओवादीका केन्द्रीय सदस्‍य बद्री बजगाईं निलम्बन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना केन्द्रीय सदस्य बद्री बजगाईंलाई निलम्बन गरेको छ । पार्टीकै कार्यकर्तालाई यौन दुव्यर्वहार गरेको आरोप लागेपछि उनलाई पार्टीले निलम्बन गरेको हो ।

नेता बजगाँईले पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध १९ बर्षिय एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको सार्वजनिक भएको थियो । पीडित किशोरीले आफुलाई म्यासेजमार्फत बजगाईंले पटक–पटक अश्लिल शब्द पठाएर दुव्यर्वहार गरेको भन्दै पार्टीका विभिन्न निकायमा कारवाहीका लागि उजुरी दिएकी थिइन ।

नेता बजगाँईले म्यासेजमार्फत गरेको यौन दुव्यर्वहारबारे सुरुमा पार्टीका विभिन्न संघ संगठनमा उजुरी दिदा समेत कुनै सुनुवाई नभएपछि किशोरीले मिडियामा आफ्नो पीडा पोखेकी थिइन् ।

(किशोरीले कारवाहीका लागि दिएको उजुरी)

माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको माओवादीले जनाएको छ।

(नेता बजगाँईले किशोरीलाई पठाएका अस्लिल म्यासेज)

‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अखिल क्रान्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लिल म्यासेजहरुको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्रीप्रसाद बजगाँईलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’, माओवादीले जारि गरेको परिपत्रमा भनिएको छ ।

पत्रमा घटनाबारे सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको समेत जनाएको छ ।

बजगाँईलाई गरिएको निलम्बन पत्र हेर्नुहोस

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार