काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन नेपालले ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि भएको हातपात घटनाको घोर भत्सना गर्दै दोषीमाथि कडाकारवाहीको माग गरेको छ । घटनाबारे संगठनले आज एक विज्ञप्ति जारी गर्दै नायब सुब्बा तामाङमाथि अदालतको कार्यकक्षमै भएको हातपात घटनाको घोर भत्सना गर्दै दोषीमाथि कडाकारवाहीको माग गरेको हो ।
महासचिव प्रकास राईद्धारा जारि विज्ञप्तिमा भनिएको छ, ‘ललतिपुर जिल्ला अदालतको आफ्नो कार्यकक्षमा कर्तव्य निर्वाह गरिरहेको अवस्थामा आफुलाइृ कानुन व्यवसायी हुँ भन्ने अमिर लामिछानेबाट सांघातिक आक्रमण भएको घृणायोग्य खबरले हाम्रो संगठनलाई आक्रोषित र स्तव्ध बनाएको छ । न्यायलय जस्तो आस्थाको केन्द्रमा महिला कर्मचारीमाथि पुरुष अधिवक्ताबाट दिन दहाडै आक्रमण हुनुले राष्ट्रसेवकहरुलाई थप निरासा र आक्रोषित बनाएको छ । उक्त नृशंस घटनाको निन्दा गर्दै दोषीमाथि मुलुकी अपराध संहिता वमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।’
जारी विज्ञप्तिमा अधिवक्ता लामिछानेको लाइसेन्स समेत खारेज गरिनुपर्ने माग गरिएको छ ।
यसै घटनालाई लिएर संगठनका केन्द्रिय सचिव प्रतिक तामाङले पनि दोषीमाथि कडा कारवाहीको माग गर्दै कर्मचारीहरुको सुरक्षाको माग गरेका छन् । कार्यकक्षमै सुब्बा तामाङमाथिको आक्रमण संस्थामाथि आक्रमण र अपमान भएकाले दोषीलाई कडा कारवाही हुनुपर्ने उनको भनाई छ । यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीहरुको मनोवल गिर्ने र समाजमा अराजकता, गुण्डागर्दी मौलाउने भएकाले यसबारे सम्बन्धित निकाय सचेत हुनुपर्ने सचिव तामाङले अनमोलपोस्टसंगको कुराकानीमा बताएका छन् ।
सुब्बा पे्रमिका तामाङमाथि अधिवक्ता लामिछानेले हिजो अपराह्नन् अदालतको कार्यकक्षमै मुक्का प्रहार गर्दै लछारपछार गरेका थिए । मुक्का प्रहारबाट तामाङको अगाडीका दुई वटा दाँत हल्लिनुका साथै ओठमा चोट लागेको छ । लामिछानेले लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुला पनि च्यातिएको छ । घटनापछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएर अनुसंन्धान गरिरहेको छ ।
जारि विज्ञप्ति पढ्नुहोस