मोरङ । मोरङको एक विधालयका लेखापाल सौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । आज बिहान जिल्लाको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका ४० वर्षीय लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन् ।
उनलाई बिहान करिब ७ बजेतीर जलिरहेको अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
प्रहरीकाअनुसार आगोले उनको शरीरको अधिकांश भाग जलेर अवस्था गम्भीर घाइते भएका छनन्।
उनको उपचार विराटनगरको कोशी अस्पताल भइरहेको छ । ढकालले आफैले शरिरमा आगो लगाएर आत्मदाहको प्रयास किन गरे भन्ने बिषयमा अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए । ढकाल बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेका थिए ।