
काठमाडौं । “मिस एण्ड मिसेस गुरुङ २०२५” का विजेतालाई प्रमाणपत्र वितरण गर्दै ग्राण्ड सक्सेज पार्टी सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भव्य ग्राण्ड सक्सेज पार्टीमा मिस एण्ड मिसेस गुरुङ २०२५ का विजेताहरुलाई वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस धादिङका पूर्व सभापति एवम् वरिष्ठ नेता समेत रहेका मन्त्री अधिकारीले यस्ता प्रतियोगिताले गुरुङ समुदायको कला संस्कृती, भेषभुषाको प्रचार प्रसार र जर्गेनामा महत्वपुर्ण योगदान पुर्याउने बताए । नेपालका आदीवासी जनजातीहरुको संस्कृती, कला, भेषभुषाले नेपालको छुट्टै पहिचान स्थापित रहेको समेत उनको भनाई थियो । मन्त्री अधिकारीले यस्ता प्रतियोगिताहरु गरेर आदीवासी जनजाती महिलाहरुको समग्र विकास र शसक्तीकरणमा ठुलो योगदान गर्दै आएको भन्दै आयोजक एसके इन्टरटेन्मेन्टकी अध्यक्ष शान्ता तामाङको प्रशंसा समेत गरे ।

त्यस्तै कार्यक्रमका अथिति पूर्वमन्त्री परशुराम तामाङले राज्यले आदीवासी जनजातीहरुको भाषा, संस्कृती, भेषभुषा, पहिचानको संरक्षण र प्रचारप्रसारमा ध्यान दिनु पर्ने बताए । आदीवासी जनजाती महिलाहरु अझै पनि विभिन्न क्षेत्रमा पछाडी रहेकाले उनिहरुको शसक्तीकरणमा यस्ता प्रतियोगिताहरुले योगदान दिदै आएको उनले बताए ।
कार्यक्रममा पूर्व डिआजी देउती गुरुङ, समाजसेवी, कलाकार लगायतको सहभागिता थियो ।
यसबर्षको मिस एण्ड मिसेस गुरुङ २०२५ प्रतियोगिता अन्र्तगत विवाहित महिला तर्फको विजेताको ताज माया गुरुङले पहिरेकी छन् भने प्रतियोगितामा फस्ट रनरअप माया देवी गुरुङ बन्न सफल भइन् ।

त्यस्तै सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पुर्णिमा गुरुङ, फोर्थ रनरअप मुना घले बनेकी छन् ।
प्रतियोगितामा पब्लिक च्वइस विजेता मुना घले, पब्लिक च्वइस रनरअप नन्दा गुरुङ, भ्युवर च्वइस कुमारी गुरुङ, अर्गनाइजर च्वइस मेलिना गुरुङ बनिन् । योसंगै विवाहित महिला प्रतियोगितामा ३२ जना विभिन्न शिर्षकमा विजेता भएका छन् ।
त्यस्तै मिस एण्ड मिसेस गुरुङ २०२५ प्रतियोगिता अन्र्तगत अविवाहित महिलातर्फ सुप्रिया गुरुङले विजेताको ताज पहिरेकी छन् । प्रतियोगितामा फस्ट रनरअप अनिता गुरुङ, सेकेण्ड रनरअप इसा गुरुङ, पब्लिक च्वइस विजेता फुलमाया गुरुङ, पब्लिक च्वइस रनरअप अनिता गुरुङ, भ्युवर च्वइस सुनिता गुरुङ, अर्गनाइजर च्वइस हिमाली गुरुङ बनेका छन् । योसंगै अविवाहित महिला विजेताका विभिन्न शिर्षकमा २१ जना विजेता भएका छन् ।

‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याउने उदेश्यले बिगतदेखि प्रतियोगिताहरु गर्दै आएको आयोजक शान्ता तामाङले बताइन्।
यसबर्षको संस्करण सफल बनाउन सहयोग गर्ने सम्पुर्ण ब्यक्तित्व, संघ संस्था, प्रतियोगि, निर्णायकहरु सबैप्रति अध्यक्ष तामाङले आभार ब्यक्त गरेकी छन् । प्रतियोगितामा सहभागी सबै महिलालाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदान गरिएको समेत उनले जानकारी दिइन् ।

अध्यक्ष तामाङ एक समाजसेवी, व्यवसायी, राजनीतिज्ञ तथा चलचित्र ‘हिमालकी रानी’ की नायिका प्रेरणादायी नेतृत्व समेत हुन् । उनि जुम्बा क्विन २०१५ र मिसेस नेपाल आइकन २०१५ की उपविजेता समेत हुन् ।
अध्यक्ष तामाङ जय नेपाल इन्टरनेशनलकी संस्थापक हुन् भने आदिवासी जनजाति तथा महिलाहरूको सशक्तिकरणमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्।













