एनआरएनए यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन


यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्।
एनआरएनए यूएईको महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा, सचिवमा केशव खड्का, कोषाध्यक्षमा नवराज ढुंगाना, सहकोषाध्यक्षमा अलिना श्रेष्ठ र सदस्यमा विजय श्रेष्ठ चयन भएका छन्।

ठकुरी यसअघि एनआरएनए यूएईको उपाध्यक्ष थिए । यूएईमा रहेर सामाजिक सेवा सकृय रहेका ठकुरी एनआरएनएका गतिविधिमा पनि उत्तिकै सकृय छन्।

नयां अध्यक्षमा चयनमा भएका ठकुरीले आफुलाई विश्वास गरेर दिइएको जिम्मेवारी इमानदार भएर पुरा गर्ने वाचा समेत गरेका छन् । उनले यूएईमा रहेका नेपाली कामदार, व्यवसायी र सम्पूर्ण समुदायका लागि आफु संस्थागत र ब्यक्तिगत रुपमा सधैं साथमा रहेर काम गर्ने आश्वासन दिए ।

उनले बिगतमा एनआरएनएमार्फत संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान र नेपाली अभियन्ताबीच समन्वकारी भूमिका समेत निभाउँदै आएका छन् ।

अध्यक्ष ठकुरीले आगामी दिनमा यूएईमा रहेका नेपाली कामदार र व्यवसायीलाई थप सहयोग, समुदायिक सेवा विस्तार र संगठनको पहुँच वृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

स्याङजामा जन्मेर बिगत १४ बर्षदेखि दुबईलाई कर्मभूमी बनाएका ठकुरीले विदेशसंगै नेपालमा पनि विभिन्न दुखी पीडितलाई सहयोग गर्दै आएका छन् । युवा उद्यमी र समाजसेवीको परिचय बनाएका ठकुरीलाई दुबईमा ठगिएकाहरु, दुख समस्यामा परेका नेपालीहरुले सहयोगी ब्यक्तिका रुपमा सम्झने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार