आफुहरुविरुद्ध सिमराको जेनजी प्रर्दशनबारे महेश बस्नेत भन्छन्ः विचलित हुँदैनौं


बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेतले बाराको सिमरामा भएको आफुहरु विरुद्धको जेनजी प्रर्दशनबाट विचलित नहुने बताएका छन् । राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा सहभागि हुन काठमाडौंबाट सिमरा जान लाग्दा स्थानिय जेनजीहरुले गरेको अवरोधबाट आफहुहरु विचलित नुहने बताएका हुन् । पार्टी कार्यक्रमका लागि सिमरा जान अवरोध भएपछि नेता बस्नेतले स्टाटस लेख्दै यस्ता गतिविधिविरुद्ध संघर्ष जारी राख्ने समेत बताएका छन् ।

उनले जेनजीका नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य रहेको समेत बताएका छन् ।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हाँस्यास्पद भएको समेत उनको भनाई छ ।

जेनजी प्रर्दशनका कारण सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट त्यसतर्फ कुनै पनि उडान हुन सकेको छैन् । स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

बस्नेत लगायतका नेताहरु सिमरा आउने भएपछि एमालेका नेता–कार्यकर्ता स्वागतका लागि सिमरा बजारमा निस्केका थिए भने आजै बिहान दश बजे सिमरा चोकमा जेनजी युवाहरुको हत्यारा निवर्तमान सरकार विरुद्ध जेनजीहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम थियो । सोहि क्रममा दुबै पक्षका युवाहरु बीच झडप भएको थियो ।

बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि झडप सुरु भएको बताइएको छ । विमानस्थल क्षेत्र तनावग्रस्त बनेपछि सुरक्षा सर्तकता बढाउँदै कर्फ्यु जारी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार