दीपेन्द्र र हर्मितको सानदार इनिङ्सले काठमान्डौंलाई हराउँदै सुदूरपश्चिम विजयी


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । यस बर्षको पहिलो खेल जितेर विजयी यात्रा सुरुवात गरेको काठमाडौंलाई दोस्रो खेलमा सुदूरपश्चिले पछारेको छ ।

जितका लागि सुदूरपश्चिमका हर्मित सिंहको अलराउण्ड प्रदर्शन महत्वपुर्ण रह्यो।

सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डौंले १६.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ११८ रनमा अलआउट भएको थियो।

खेलमा काठमान्डौंका लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा काठमान्डौंका करण केसीले सर्वाधिक ४ विकेट लिए भने सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २ २ विकेट लिएका थिए।

खेलमा सुदूरपश्चिमका स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २ २ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जितका लागि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहको इनिङ्स निकै महत्वपुर्ण रह्यो। हर्मितले २० बलमा २ चौका र ६ छक्का हान्दै ५३ रन जोडेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार