त्रिशुली बस दुर्घटना अपडेटः मृतक ३ को सनाखत, २६ वेपत्ता, बसका स्टाफहरु गम्भिर घाइते

धादिङ । सर्लाहीबाट काठमाडौबाट आउँदै गरेको बस त्रिशुली नदिमा खस्दा ३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएक छन् ।

सर्लाहीको मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं आँउदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान करिब साढे ३ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरव रौनियार छन् ।

दुर्घटनामा अन्य १६ जना यात्रुको विजितै उद्धार गरिएको छ भने २६ यात्रु हराइरहेको प्रहरीले बताएको छ । उनिहरुको खोजी कार्य जारि छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली उद्धार कार्यमा जुटेको छ। त्रिशूलीबाट क्रेनको साहेतामा बसलाई निकालिएको छ ।

दुर्घटनामा उद्धार गरिएका १६ यात्रुको पहिचान भएको छ । पहिचान हुनेहरुमा शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, भुपेन्द्रकुमार यादव, राकेश बैठा, अनिष राय, दिनेश ठाकुर, सुनिता रोकाया, शिखरकुमार महतो, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, विजय राय यादव, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेतीलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ। बसमा सवार रहेकाहरुको पनि नामावली प्राप्त भएको छ ।

बसमा सवार हुनेहरुमा कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामा थिए। बसमा सवार मध्ये दुर्घटनामा परी २६ जना हराइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार