विश्वभर कोरोना भाइरसको त्रास, मर्नेको संख्या करिब ३ हजार, ८० हजार बढी संक्रमति


काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण विश्वभर त्रास फैलिएको छ । यस सरुवा रोगका कारण चीनमा मात्रै आज बिहानसम्म २ हजार ६ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार कोरोना भाइरस अहिले विश्वका २ दर्जन बढी देशमा फैलिसकेको छ । जसमा मर्नेको २ हजार ७ सय १ जना पुगेका छतन् ।

अन्तराष्ट्रिय समाचारमा उल्लेख भएअनुसार कोरोना भाइरसबाट इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक/एक जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जनामा कोरोना भाइरसको संकेत देखिएको बताइएको छ ।

अहिलेसम्म विश्वभर ८० हजार १५० जनामा कोरोना भाइरसका लक्षण देखिएको बताइएको छ ।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकरएक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् ।

सर्वथ्रथम चीनको हुवेइबाट सुरु यो कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ । जसबाट विश्व जगतलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ेले पनि विश्वब्यापी माहामारीको रुपमा सबैले काम गर्नुपर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार