काठमाडौं । अमेरिकाको एक उत्पादक कम्पनीले कोरोना भाइरसविरुद्ध भ्यक्सिन परीक्षण गरको छ । अमेरिकाको मासाचुसेट्सस्थित बायोटेक्नोलोजी कम्पनीले मानिसमा गरेको पहिलो परीक्षण सकारात्मक देखिएको बताएको छ ।
पहिलोपटक मानिसमा गरीएको परीक्षणबाट खोपले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। यस कम्पनीले नेशनल इन्स्टिच्युट अफ हेल्थसँगको सहकार्यमा भ्याक्सिन निर्माण गरिरहेको छ ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’
गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको कम्पनीले आठ जना स्वस्थ स्वयंसेवीलाई दुई पटक परीक्षणका लागि खोप लगाइएको थियो ।
आफूले निमार्ण गरेको खोपले रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको बम्पनीले बताएको छ । पछि त्यो एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।
कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ। यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ।
कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ।
अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।
अन्तराष्ट्यि समाचार एजेन्सीका अनुसार यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट यो खोप व्यापक प्रयोगमा ल्याइने मोडर्नाका प्रमुख मेडिकल अधिकृत डा. ताल ज्याक्सले बताएका छन्।
उक्त खोपले कोरोना भाइसरसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतालाई विकास गरी संक्रमण फैलिन निदिने काम गर्ने छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अहिलेसम्म कुनै पनि औषधि पत्ता लागेको छैन् ।
कारोना विरुद्धको खोप बनाउनका लागि विकसित देशहरु अमेरिका, चीन, यरोपका अन्य देशहरु लागिपरेका छन् । उनीहरुले दर्जनौं खोप बनाएर परीक्षण गरेका छन् । तर, ती खोबाट कोरोना निको हुने लक्षण देखिएको छैन् ।