प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले निकाल्यो विज्ञप्ति


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमीबारे दिएको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको हो ।

मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आधिकारिक धारणा बाहिर ल्याएको छ । परराष्ट्रको विज्ञप्तिमा कोही–कसैमाथि चोट पु¥याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक नभएको उल्लेख छ । साथै उनको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको कुरा उल्लेख गरेको छ ।

मन्त्रालयको विज्ञप्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ–

१ प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पु¥याउने नियत होइन ।

२ श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो ।

३ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन ।

ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ, जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार