कोरोना परीक्षणका लागि निजी अस्पतालले २० प्रतिशत बेड छुटाउनु पर्ने


काठमाडौं । निजी अस्पतालहरुले कोरोना परीक्षणका लागि अनुमति पाउन २० प्रतिशत बेड छुटाउनु पर्ने छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशााला टेकुले सूचना जारी गर्दै निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले एक तिहाइ बेड छुट्याए मात्रै पिसिआर परीक्षणको अनुमति प्रदान गरिने जनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले पनि निजी अस्पताल र मेडिकल कजेलहरुले कोरोना संक्रमितको उपचारका लागि निश्चित प्रतिशत बेड नछुटाएमा पिसीआर परीक्षणको अनुमति खारेज गरिदिने चेतावनी दिएको थियो ।

निजी अस्पतालहरूले भने कोभिड र ननकोभिड बिरामीलाई एकैठाउँमा उपचार गर्न नसकिने जनाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार