
झापा । झापामा शक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान ९ बजे बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ ।









