काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित छ। शनिवारको खेलमा कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा गर्यो ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।
जितका लागि १४२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतकको सहयोगमा जित निकाल्न सफल भएको हो ।
६८ रनको योगदान गर्न कप्तान पारसले ३२ बल खिर्चदै अर्धशतक बनाए । उनले ११ चौका १ छक्का प्रहार गरे।
योसँगै कप्तान पारस टी(ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए।
कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए।
बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए। करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे।
च्याम्पियन बनेर विश्व छनोटमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने बाध्यता थियो। अब नेपालले भोली (आइतबार) सिंगापुरसँग खेल्ने छ। सिंगापुरलाई पनि हराए मात्रै नेपाल विश्व छनोटमा पुग्नेछ।










