काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खोलेको छ ।
आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आजदेखि असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असार १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार अनलाइनमार्फत आवेदन दिदा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
परीक्षा साउन २८ गते बिहान ८ बजे हुने आयोगले जनाएको छ।
लाइसेन्सको सूचना