सर्वोच्चमा फेरि कसरी लाग्यो आगो ? अनुसंन्धान चल्दै थियो तर एक्कासी आगलागी

काठमाडौं । जेनजी आन्दोलनमा खरानी पारिएको सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ । मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएका छन् । मुद्दा फाँगको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको र ठूलो क्षति नभएको प्रवक्ता कोइरालाको भनाई छ ।
उनकाअनुसार अदालतको निर्माणधीन भवनमा आगलागी भएको हो । आगलागीबाट एउटा टेवल, तीन थान कम्प्युटर जलेका छन् । मिसिलहरू भने नजलेको उनले बताए ।

आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले बताए । सर्वोच्च अदालतमा यसअघि भदौ १७ मा पनि आगलागी भएको थियो । त्यतिबेला अदालतको अभिलेख शाखामा आगलागी भएको थियो ।

उक्त आगलागी घटनामा छानबिन चलिरहेका बेला अहिले फेरि अर्को आगलागी भएको छ । यसअघि जेनजी आन्दोलनमा समेत सर्वोच्चमा आगजनी हुँदा ठूलो क्षति भएको थियो । जेनजी आन्दोलनमा सर्वोच्च लगायत काठमाडौं अदालत र देशका विभिन्न जिल्लामा रहेका अदालतमा पनि आगो लगाइएको थियो । जेनजी आन्दोलनमा जुन जुन अदालतमा ठुला र विशेष खालका मुद्दा थिए ती अदालतहरुहरुका फाँटहरु छानी छानी जलाएर खरानी पारिएको थियो । जुन निकै गम्भिर र रहस्यमय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार